करेन्ट लागेर महिला गम्भीर घाइते

   ६ मंसिर २०७८, सोमबार १४:२०  

६ मंसिर, रौतहट । रौतहटमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

चन्द्रपुर ५ घरभई फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ बस्दै आएको सुनिल पण्डितको २१ वर्षीया पत्नी आशा देवि पण्डितलाई आज बिहान करेन्ट लागेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १० बजेतिर घरको सफाई गर्ने क्रममा नाङ्गो तारमा टांसिएर उनी घाइते भएकी ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले जानकारी दिए ।

करेन्ट लागेर अचेत भएकी आशा पण्डितलाई उपचारका लागि बिजयपुर स्थित नेसनल होस्पिटलमा ल्याएको विश्वकर्माले जानकारी दिए । उपचाररत पण्डितको स्वास्थ्यमा सुधार भइरहेको प्रहरीले जनाएको छ ।