पोखरा फेवातालस्थित पाँच रेष्टुरेण्टमा आगलागी

   ६ मंसिर २०७८, सोमबार १२:४४  

६ मंसिर, रौतहट । पोखराको फेवाताल किनार स्थित रहेको रेष्टुरेण्टमा आगलागी भएको छ ।

ताल किनारमा रहेका रेष्टुरेण्टमा आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेतिर भएको आगलागीमा पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेर नष्ट भएको बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले जानकारी दिए ।

तामाङका अनुसार आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको छ । सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी करिब ६ बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीको खबर स्थानीयले दिएको तामाङले बताईन् ।

आगलागीको कारण खुलेको छैन । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।