ट्याक्टरले किचेर युवकको घटनास्थलमै मृत्यु

   ६ मंसिर २०७८, सोमबार १२:०४  

६ मंसिर, रौतहट । ट्याक्टरले किचेर सिन्धुपाल्चोकमा युवकको मृत्यु भएको छ ।

जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ कोइरालाटारमा ट्याक्टरले किचेर सोही गाउँपालिका ५ नयाँबस्तीका ३५ वर्षीय श्याम बहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोइरालाटारबाट धान लिएर धुसेनीतर्फ जाँदै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरले आइतबार गएराति १० बजेतिर किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा पश्चात् ट्याक्टरलाई नियन्त्रणमा लिएको र फरार भएको चालकको खोजी सुरु भएको ईलाका प्रहरी कार्याल्य नवलपुरले जनाएको छ ।