दमकबाट ६ जुवाडे पक्राउ

   ६ मंसिर २०७८, सोमबार ११:३१  

६ मंसिर, रौतहट । जुवा खालबाट प्रहरीले ६ जनालाई हिरासतमा लिएको छ ।

पक्राउ पर्नेमा विनोद श्रेष्ठ, पूर्णप्रसाद शिवाकोटी, सुरेन्द्र नेम्वाङ, दिल वहादुर श्रेष्ठ र कमल गाउँपालिका ६ का दुर्गाबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले दमक नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीलाई नगदसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले आइतबार साँझ उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।