जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ उपचाररत
६ मंसिर, रौतहट । जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना उपचाररत छन् ।
जिपमा सवार रहेका ७ जनामध्ये पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
दशरथचन्द नगरपालिका २ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । आइतबार बेलुकी जिप सडकबाट सात सय मिटर तल खसेर दुर्घटना भएको थियो । हाल दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यायलले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका सबै जना दशरथचन्द नगरपालिका ६ का नै निवासी हुन् र