ब्राउन सुगरसहित २ जना पक्राउ

   ५ मंसिर २०७८, आईतवार १३:३६  

५ मंसिर, रौतहट । सिरहाबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका वडा नम्बर ३ स्थित डण्डाटोलका २१ वर्षीय ईन्दलकुमार यादव र २० वर्षीय कपिल महरा रहेको प्रहरीले जनाएको छ ।

डण्डाटोल जाने बाटोबाटै दुवै जनालाई हिरासतमा लिएको सिरहा प्रहरीका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका उनीहरुको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

ईलाका प्रहरी कार्यायल गोलबजारमै राखी उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।