सुनचाँदीको मूल्यमा गिरावट

   ५ मंसिर २०७८, आईतवार १२:५०  

५ मंसिर, रौतहट । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ७ सय रुपैयाँले घटेर प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबारको लागि चाँदीको मूल्य तोलामा १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।