सुर्खेतबाट चितुवाको छालासहित चारजना पक्राउ

   ५ मंसिर २०७८, आईतवार १२:३०  

५ मंसिर, रौतहट । सुर्खेतबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहताल गाउँपालिका ५ बड्डीचौरबाट चितुवाको छालासहित अछामको पञ्चदेव नगरपालिका ८ बस्ने कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका ४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका २ निवासी विमल शाहीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट तीन थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।