थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु

   ५ मंसिर २०७८, आईतवार ११:१६  

५ मंसिर, रौतहट । धान झार्ने थ्रेसरले च्यापेर पर्सामा एक बालकको मृत्यु भएको छ ।

शनिबार गएराति ८:३० बजेतिर जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ८ वर्षीय ओमबाबु साहको मृत्यु भएको हो ।

ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँने क्रममा थ्रेसर पल्टिएर ओमबाबुलाई किचेर गम्भीर घाइते भएको थियो ।
घाइते बालकलाई उपचारको लागि तराई अस्पतालमा ल्याएपनि उपचारको क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । थ्रेसर र ट्याकटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना पश्चात् फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।