ओली–प्रचण्डबीच तीन घण्टा छलफल, सोमबार पुनः छलफलमा बस्ने
साउन १८, रौतहट । बालुवाटारमा आज बसेको बैठक सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव तीन घण्टा छलफल भएको छ ।
केपी शर्मा ओलीले साउन १३ गतेको एकपक्षीय रुपमा बैठक स्थगन गरेका थिए, तर प्रचण्डले आफ्नो अध्य्क्षमा बहुमत सदस्यहरु राखेर स्थायी कमिती बैठक गरेको ६ दिनपछि यी दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।
आज बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी भएका थिए, तर बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायमै रहकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन ।