बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

   ५ मंसिर २०७८, आईतवार १०:५४  

५ मंसिर, रौतहट । बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दाङ र बाँकेका एक-एक संक्रमितको मृत्यु भएको छ । मंसिर २५ गते अस्पताल भर्ना भएकी दाङको गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै, वलीका अनुसार मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको थियो ।