बझाङको कारागारमै एक वृद्धा कैदीको मृत्यु
४ मंसिर, रौतहट । ७७ वर्षीया एक कैदीबन्दीको बझाङ कारागारमै मृत्यु भएको छ ।
बुहारी हत्या आरोपमा कात्तिक गते पक्राउ परेकी केदारस्युँ गाउँपालिका वडा नम्बर २ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमै मृत्यु भएको हो ।
कारागारभित्रै सुरक्षाकर्मीलगायत हिरासतमा रहेकाहरु चिया खाने बेलामा रावल एक्कासि अचेत भएकी थिइन् । चिया पिउँदापिउँदै अचेत भएकी उनलाई जिल्ला अस्पतालमा पठाएपनि चिकित्सकले उनलाई मृत घोषण गरेको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा रावल र उनका छोरा जयबहादुर कात्तिक २० गते पक्राउ परेका थिए ।