लागूऔषधसहित दुई जना पक्राउ

   ४ मंसिर २०७८, शनिबार १३:१९  

४ मंसिर, रौतहट । विभिन्न किसिमको लागूऔषधसहित सिरहाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी चेकजाँच गर्ने क्रममा प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार दुवै जनालाई खानतलासी गर्दा विभिन्न किसिमको लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

धनगढीमाई नगरपालिका १० बाट चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ सप्तरीको खड्क नगरपालिका ७ का २५ बर्षीय नागेश्वर भगत र धनुषाको औरही नगरपालिक ५ बस्ने २९ बर्षीय रमन कुमार कर्णलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार उनीहरुको साथबाट डाईजोपाम ३८२ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, नोफिन १९४ एम्पुल र लेवल नभएको १८२ एम्पुल बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसनधान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । को नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।