जनकपुर आउँदै; माधव नेपाल

   ४ मंसिर २०७८, शनिबार १२:४१  

४ मंसिर, रौतहट । नेकपा एकृकीत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज जनकपुर आउने भएका छन् ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् ।

यस्तै, मंसिर ७ गते अध्यक्ष नेपाल जनकपुर आउने तय भएको थियो । अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोले शनिबार जनकपुर आउने भएका छन् ।

८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।