मोरङ कारागारमा एक कैदीको मृत्यु

   ४ मंसिर २०७८, शनिबार ११:४५  

४ मंसिर, रौतहट । मोरङको कारागारमा आज एक कैदीको मृत्यु भएको छ ।

बलात्कार गरेको आरोपमा पक्राउ परेको विराटनगर १० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए । जबरजस्ती करणी आरोपमा शर्मालाई २०७१ सालमै प्रहरीले पक्राउ गरेको थियो ।

७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेकै बेला आज बिहान उनको मृत्यु भएको छ ।

जेलर रामप्रसाद पोख्रेलका अनुसार ‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पतालमा ल्याएपनि आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।