सवारी दुर्घटना हुँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

   ४ मंसिर २०७८, शनिबार ११:१८  

४ मंसिर, रौतहट । भक्तपुरमा सवारी दुर्घटना हुँदा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको छ ।

बिहीबार गएराति १:३० बजेतिर सूर्यविनायक नगरपालिका ६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्दिाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पिटरले किचेर गम्भीर घाइते भएका तामाङलाई उपचरका लागि भक्तपुर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा २ बजेतिर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटना हुँदा डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा फसेर गम्भीर घाइते भएका थिए । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।