थप २९६ जनामा कोरोना पुष्टि, ३६९ जना संक्रमणमुक्त

   ३ मंसिर २०७८, शुक्रबार १६:०४  

३ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ९ सय ७२ जनाको कोरोना परीक्षण गर्दा २ सय ९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा थप ३ सय ६९ जना कोरोनामुक्त भएका हुन् ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।