२ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई युवा पक्राउ

   ३ मंसिर २०७८, शुक्रबार १३:२८  

३ मंसिर, रौतहट । दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जनलाई प्रहरीले पक्राउ गरेको छ ।

कट्टुमा लुकाएर ल्याएको अवस्थामा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका दुवै जनालाई शंकास्पद अवस्थामा महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहर्रीले जनाएको छ ।