बारभित्रै कानून व्यवसायीहरुलाई धम्क्याउने दुई जना पक्राउ

   ३ मंसिर २०७८, शुक्रबार १०:४१  

३ मंसिर, रौतहट । नेपाल बार एसोसिएसन परिसरभित्र छिरेर वकिलहरुलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारभित्रै पसेर कानून व्यवसायीलाई गाली गलौज गर्दै धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई बिहीबार गएराति नियन्त्रणमा लिएको हो ।

काठमाडौँको बौद्धबाट दुवै जनालाई हिरासतमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए । रमेश बस्नेतका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ ।

बिहीबार पनि जबराको राजीनामा माग्दै गर्दै विरोध प्रदर्शन गरिरहेको बेला चारजना युवा बार परिसरभित्रै छिरेर वकिलहरुलाई धम्की र गाली दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरको राजीनामा माग गर्दै गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा कानून व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।