आज थपिए ४१२ संक्रमित, २०२ जना कोरोनामुक्त

   २ मंसिर २०७८, बिहीबार १६:४६  

२ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३ खसय ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, १ हजार ८ सय ८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप २ सय २ जना कोरोनामुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ रहेको छ ।