रोकी राखेको बसमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
२ मंसिर, रौतहट । सप्तरीमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा बुधबार गएराती विग्रिएर रोकी राखेको ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बसमा, प्रदेश २–०१–००१ प २९ ७१ नम्बरको मोटरसाइकल ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते भएका चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको हो ।
दुबै सवारी साधन सहित बस चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रण लिई यसबारे अनुसन्धान गरिरहेको छ ।