सर्वोच्चमा झडप, बार अध्यक्ष श्रेष्ठसहित १० जना घाइते

   २ मंसिर २०७८, बिहीबार १२:२८  

२ मंसिर, रौतहट । सर्वाेच्च अदालतमा प्रहरी र कानूनी व्यवसायीहरुबीच झडप हुँदा १० जना घाइते भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै कानुन अदातलको मूल गेटमा धर्ना दिन लागेका कानूनी व्यवसायीहरु र प्रहरीबीच झडप अुँदा १० जना घाइते भएका हुन् ।

कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतको गेटमा धर्ना दिन लागेको बेला प्रहरीले हस्तक्षेप गरेपछि, झडप भएको हो । गत कात्तिक १४ गतेदेखि निरन्तर सर्वाेच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् ।

जबराले वैकल्पिक गेटको प्रयोग गरेपछि, व्यवसायीहरुले वैकल्पिक गेट अगाडी पनि बसेर धर्ना दिन खोजिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

सोही क्रममा झडप हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १० भन्दा बढी घाइते भएका छन् ।