सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा सईको मृत्यु
२ मंसिर, रौतहट । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका ८ स्थित सेउती खोलानजिक मोटरसमइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोसी राजमार्गमा बुधबार राति करिब ८ः४५ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेर
सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका वडा नम्बर १ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए । घाइते भएको सई बस्नेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएपनि डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकरी दिए ।






