विश्वासको मत पाए; मुख्यमन्त्री राई

   १ मंसिर २०७८, बुधबार १५:०९  

१ मंसिर, रौतहट । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको पक्षमा ५० र विपक्षमा २९ मत पाएका छन् ।

प्रदेशसभाको विश्वास प्रस्ताव राखेको राईले पाएको ५० मतले प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका हुन् ।

राईले आज राखेको विश्वासको प्रस्तावमा ७९ जना उपस्थित भएका थिए । प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री उनलाई विश्वासको मत दिएका छन् ।