नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव

   १ मंसिर २०७८, बुधबार १३:०४  

१ मंसिर, रौतहट । नेपालीहरुलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै भारतीय बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने तयारी गरेका छन् ।

रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउँनका लागि बाबा रामदेवले टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

पतञ्जली योगपीठले स्वदेशी समृद्धि कार्डसहित खोल्न लागेको टिभीको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा (नोभेम्बर १९)मा गर्ने तयारी भएको छ ।

योगपीठ नेपालका अनुसार बाबा रामदेवले खोल्न लागेको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्णभारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुने छ ।