मोरङको इनर्जी उद्योगमा आगलागी

   १ मंसिर २०७८, बुधबार ११:३७  

१ मंसिर, रौतहट । मोरङको कटहरीस्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आगलागी भएको छ ।

आज बिहान ५ः३० बजेदेखि उद्योगमा लागेको आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगोलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट भएको क्षती विवरण आउन हाल बाँकी रहेको प्रहरीले जनाएको छ ।