आज थपिए ३७७ संक्रमित, १७० कोरोनामुक्त
३० कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना देखिएको छ ।
यस्तै, यो अवधिमा १ सय ७० जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् ।