मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई युवकको मृत्यु

   ३० कार्तिक २०७८, मंगलवार १६:४०  

३० कात्तिक, रौतहट । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा जिल्लाको ईश्वरपुर नगरपालिका १२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही स्थान बस्न्े मुकेश निमेल रहेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित भित्री सडक खण्डमा अनियन्त्रित भई प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनी दुवै जना गम्भीर घाइते भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

अनियन्त्रित भई मोटरसाइकल रुखमा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यस्तै, बुढाथोकीका अनुसार दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको छ ।