प्रदेश २ का वनमन्त्री राय पदमुक्त
journey fortech
३० कार्तिक २०७८, मंगलवार १५:४४
३० कात्तिक, रौतहट । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।
प्रदेश २ मा नेकपा (एस)लाई समेत सरकारमा सहभागी गराउन मन्त्री पद खाली गर्नको लागि रामनरेश रायलाई पदमुक्त गरिएको हो ।
नेकपा संसदीय दलका नेता शत्रुघन महतोलाई मन्त्री बनाउन लागिएको छ । स्रोतका अनुसार पद रिक्त भएको उक्त मन्त्रालय हाल मुख्यमन्त्री लालबाबु राउतको जिम्मा लगाइएको छ ।