भक्तपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

   ३० कार्तिक २०७८, मंगलवार १४:१६  

३० कात्तिक, रौतहट । मोटरसाइकल दुर्घटनामा परेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ जादैँ गरेको बागमती प्रदेश ०२-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लोकन्थली बस्ने प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

मंगलबार बिहान ४ः१५ बजे मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको थियो ।

मोटरसाइकल ठोक्किदाँ गम्भीर घाइते भएको कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी, भक्तपुर ल्याएपनि उपचारकै आज बिहानै ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।