ससुरालीमै एक जनाले गरे आत्महत्या

   ३० कार्तिक २०७८, मंगलवार १३:१८  

३० कात्तिक, रौतहट । धनुषामा ससुराली घरमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् ।

जिल्लाको मिथिला नगरपालिका २ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका ५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

पासो लगाएको अवस्थामा उनलाई देखेपछि आफन्तहरुले उपचारका लागि जनकपुरस्थित अस्लिातमा लैजादैँ गरेको अवस्थामा बाटोमै मृत्यु भएको बस्नेतले जनाए ।

प्रहरीका अनुसार मृतक महतोको खल्तीमा फेला परेको सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन् ।
‘सोमबार राति ससुरालीका सबै परिवारजन मिलेर निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने भनेर सुसाइड नोटमा लेखिएको छ ।’

यसबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।