सडक अवरुद्ध गरेर प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता पक्राउ

   ३० कार्तिक २०७८, मंगलवार १२:३९  

३० कात्तिक, रौतहट । सडक बन्द गराउन हिडेका विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई आज प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ ।