प्रधानन्यायाधीश जबराले तोके ९ इजलास
३० कात्तिक, रौतहट । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ९ इजलास तोकेका छन् ।
आजको लागि जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ ।
यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ ।
राजीनामा दिनुको साटो विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै बारले आन्दोलन थप सशक्त बनाउन लागेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । आन्दोलन बारे छलफल गर्न बारले आज दिउँसो १ बजेलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
तर, उनले आफ्नो लागि कुनै इजलास तोकेका छैनन् ।