ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, ४ को अवस्था गम्भीर

   ३० कार्तिक २०७८, मंगलवार ११:०९  

३० कात्तिक, रौतहट । सप्तरीको खडक नगरपालिकामा ट्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार बिहान ट्याक्टर अनियन्त्रित भएको दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा खडक नगरपालिका ६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै,ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएको चार जनाको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।