कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

   २९ कार्तिक २०७८, सोमबार १५:१३  

२९ कात्तिक, रौतहट । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका ६ का १६ वर्षीय सन्तोष बुढामगरको आज करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजादैँ गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।