पानी जमेको खाल्डोमा डुबेर सुनसरीमा दुई बालकको मृत्यु
२९ कात्तिक, रौतहट । पानी जमेको खाल्डोमा डुबेर सुनसरीमा दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको गढी गाउँपालिका ६ मा स्थित कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर आज सोही कारखानामा मजदुरी गर्ने भारतका सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेल्दाखेल्दै पानी जमेको खाल्डोमा डुबेको दुवै बालकको मृत्यु भएको अनुमान गरिएको छ । पानीमा डुबेका घाइते भएका दुवै बालकलाई उपचारका लागि लैजादैँ गरेको अवस्थामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






