रु पाँच हजार र घडी लुटेको आरोपमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि, १४ जना नियन्त्रणमा

   १८ श्रावण २०७७, आईतवार १३:२८  

साउन १८, रौतहट । सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका वडा नम्बर ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि, १४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२४ वर्षीय ईश्वर बस्नेतलाई शनिबार राति गोठबाट घर फर्कदै गर्दा छिमेकी गाउँका टेकबहादुर बुढाले लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङलले जानेकारी दिए । अभियुक्त बस्नेतले रु पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए ।

कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीले बताए