सर्वोच्च परिसरभित्र पत्रकारहरुलाई निषेध
२९ कात्तिक, रौतहट । आइतबारसम्म रिपोर्टिङ गर्दै आएपनि आजदेखि सर्वाेच्च अदातल परिसरभित्र पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरको राजीनामा माग गर्दै कानूनी व्यवसायीहरुले निरन्तर गरिरहेको विरोध प्रदर्शनको आजदेखि रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
नेपाल बार एसोसिएसनको आह्वानमा कानूनी व्यवसायीहरुले बजरको विरोधमा यही कात्तिक १४ गतेदेखि चरणबद्ध रुपमा निरन्तर आन्दोलन गर्दै आएका छन् ।
जबराविरुद्ध प्रदर्शन सुरु भएकै दिनदेखि अदातल परिसरभित्रै रिपोर्टिङ गर्दै आएपनि आज एकाएक प्रहरीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको छ ।






