प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने थप १२ जना पक्राउ

   २९ कार्तिक २०७८, सोमबार ११:१९  

२९ कात्तिक, रौतहट । प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उत्रिएका थप १२ जना पक्राउ परेका छन् ।

कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने र राजीनामा दिनुपर्ने माग गर्दै सर्वाेच्चको मूल गेटमै निरन्तर धर्ना बस्दै आएका छन् ।

तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने १२ जनालाई प्रहरीले हिरासतमा लिएको हो । वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।