मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

   २८ कार्तिक २०७८, आईतवार १२:३५  

२८ कात्तिक, रौतहट । बारामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना उपचाररत छन् ।

बाराको कोल्हबी नगरपालिका १ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ नम्बरको मेटरसाइक्ल अनियन्त्रित भई बटौलिया स्वाथ्य चौकी भवनमा ठोक्दिाँ दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार राति ८ बजेतिर भएको मोटरसाइकल दुर्घटनामा परी कोल्हबी नगरपालिका १ कोल्हबी टोलका २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याएपनि टाउकोमा गम्भीर चोट लागेको कारण सागर र सुशीलको उपचारकै क्रममा मृत्यु भएको मिश्रले जनाए ।

यस्तै, दुर्घटनामा घाइते भएको कोल्हवी ९ बस्ने २० वर्षीय अशोक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।