लागूऔषधसहित झापाबाट एक जना पक्राउ

   २८ कार्तिक २०७८, आईतवार ११:४४  

२८ कात्तिक, रौतहट । लागूऔषधसहित झापाबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट शनिबार ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय प्रदीप बस्नेलाई हिरासत लिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेको बस्नेमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।