बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ
२८ कात्तिक, रौतहट । प्रधानन्यायाधीशको समर्थनमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले हिरासतमा लिएको हो ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा पदर्शन गरिरहेको बेला नुरप्रसाद अधिकारीसहित ५ जनालाई पक्राउ गरेको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन बाक्लिँदो छ भने प्रधानन्यायाधीश पक्षधरको पनि आन्दोलन देखिन थालेको छ ।