क्रिकेट संघका पदाधिकारीको सामुहिक राजिनामा
२७ कार्तिक, रौतहट । रौतहट जिल्ला क्रिकेट संघका सदस्यहरुले आज सामुहिक राजिनामा दिएका छन ।
संघका गतिविधिहरु अपारदर्शी भएको तथा बैठक र निर्णय बिनानै पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको भन्दै कार्यसमितिका १५ मध्ये ९ सदस्यले राजिनामा दिएका हुन । कार्यसमिति सदस्य रहेका जितेन्द्र भारती, उतम भट्टराई, गौतम श्रेष्ठ, सागर यादव, शिवराज मुखिया, मनोज जयसवाल, राजिनन्द साह, राजेश गुप्ता तथा संजय सिंहले सामुहिक राजिनामा दिएको घोषणा गरेका छन ।
हाल सम्मका आयव्यय सार्वजनिक गर्नु पर्ने तथा साधारण–सभाबाट नयाँ कार्यसमिति चयन नभए सम्म रौतहट जिल्ला क्रिकेट संघले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने आफूहरुको सामुहिक निर्णय भएको राजिनामा दिने पक्षले जनाएको छ । आजबाट शुरु भएको प्रदेश २ स्तरीय १९ वर्ष सम्मका खेलाडीहरुको छनौट प्रतियोगिता समेत आफूहरुले बहिष्कार गरेको सदस्य उतम भट्टराइले बताए । सामुहिक राजिनामाको जानकारी प्रदेश र केन्द्रलाई समेत गराउने उनीहरुले बताएका छन ।
गौरको मुटुमा रहेको राइसमिल विक्रि हुने खतरा रहेकोले त्यसको संरक्षण गर्न पुनः एकपटक खबरदारी गर्नु पर्ने आवश्यक्ता रहेको राजिनामा दिएका सदस्यहरुले बताए ।






