नक्कली नोटसहित कैलालीबाट दुई जना पक्राउ

   २६ कार्तिक २०७८, शुक्रबार १२:४१  

२६ कात्तिक, रौतहट । नक्कली नोटसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाउँबाट १ हजार दरको ४० थान नक्कली नोटसहित सोही स्थानका ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई बिहीवार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले दुवै जनालाई उक्त नक्कली नोट सहित हिरासतमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ ।