कोभिड-१९ सँगै स्क्रव टाइपस र डेंगु संक्रमण बढ्दै
२६ कात्तिक, रौतहट । पछिल्लो समय कोभिड-१९ संक्रमणसँगै अन्य रोगको संक्रमण पनि देखिन थालेका छन्। कोभिड-१९ संक्रमितहरुमा सेभर एक्विट रेस्पिरेटरी इन्फेक्सन (एसएआरआई) विरामीपनको ठूलो कारणको रुपमा देखिएको छ।
त्यति मात्र होइन पछिल्लो साता मात्र ८९ वटा एक्विट ग्यास्ट्रो-इन्टराइटिस (एजीई)का केसहरु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (ईडब्लुएआरएस)ले जारी गरेको ४३ औं ‘इिपिडिमियोलोजि विक’ रिपोर्टमा उल्लेख छ। जसमध्ये सबैभन्दा बढी कपिलवस्तुमा ३० केस देखा परेका छन्। काठमाडौंमा ६ तथा ओखलढुंगा, कैलालीमा ५/५ मोरङ, आछाम, र सिराहामा ४/४ केस फेला परेका छन्।
जुन गत वर्ष २०२० मा सोही हप्तामा ६८ केस मात्र रिपोर्ट भएका थिए।
नोभेम्वर ७ मा तयार रिपोर्ट अनुसार त्यस साता एसएआरआईका १७९ केस रिपोर्ट भएका छन्। जसमध्ये सबैभन्दा बढी झापामा २४ केस छन्। मोरङमा १७, पाल्पामा १२ र धनकुटामा १० केस रिपोर्ट भएका छन्। त्यस्तै काठमाडौंमा ८, गुल्मीमा ७ केस दर्ता भएका छन्। जुन गत वर्षको सोही सातामा ७७ केस मात्र दर्ता भएका थिए।
त्यस्तै पछिल्लो साता मलेरियाका ४ केससमेत रिपोर्ट भएका छन्। बाजुरा, कालिकोट, नवलपरासी पूर्व र रुपन्देहीमा १/१ मलेरियाका केस दर्ता भएको रिपोर्टमा उल्लेख छ। गत वर्षको सोही सातामा मलेरियाका शून्य केस दर्ता भएका थिए।
त्यस्तै डेंगुका १८ केससमेत पछिल्लो साता दर्ता भएका छन्। जसमध्ये काठमाडौं, कैलाली र म्याग्दीमा ३/३ केस दर्ता भएका छन् भने धादिङमा २ जना डेंगुका संक्रमित फेला परेका छन्। गत वर्षको सो सातामा २१ केस दर्ता भएको रिपोर्टमा उल्लेख छ।
त्यस्तै पछिल्लो साता महोत्तरी २ जना तथा डोडी र ओखलढुंगामा १/१ कालाजारका विरामी फेला परेका छन्। त्यस्तै सप्तीमा १ जनामा हैजा पुष्टि भएको छ।
पछिल्लो साता ४९ स्क्रव टाइपसका विरामी फेला परेका छन्। जसमध्ये ओखलढुंगा र कैलालीमा ९/९ केस दर्ता हुँदा दार्चुलामा ६, तथा पाल्पा र सोलुखुम्बुमा ५/५ स्क्रव टाइपसका केस दर्ता भएका छन्।






