विराटनगरको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते

   २३ कार्तिक २०७८, मंगलवार १४:२९  

२३ कात्तिक, रौतहट । आज बिहान विराटनगर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

कारागारभित्र कैदीबन्दीबीच मंगलबार बिहान १० बजेतिर झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका हुन् । आन्दोलित कैदीबन्दीले गुरुङसहित १४ जना नाइके र भाइ नाइकेलाई एउटै कोठामा थुनिदिएका थिए ।

त्यसैबीच कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जानकारी दिए ।

झडप हुँदा घाइते भएका गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्तालाई उपचारका लागि कोसी अस्पतालमा पठाएको कारागार प्रशासनले जनाएको छ ।