रुपन्देहीमा तीन घरमा आगलागी
२३ कात्तिक, रौतहट । बुटवलको नयाँ गाउँमा तीन वटा घरमा आगलागी भएको छ ।
रुपन्देहीको बुटवल १२ नयाँ गाउँमा सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र सोही गाडीबाट स्थानीय गोपाल पाण्डेको घरमा आगो सल्केको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
स्थानी पाण्डेसहित तीन जनाको घरमा आगो सल्केको थियो । डीएसपी केसीका अनुसार आगलागीलाई तीनवटा दमकल, प्रहरी तथा स्थानीहरुको सहयोगमा नियन्त्रणमा लिएको हो ।
आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको छ । हाल आगलागीबाट भएको क्षतिको विवरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ ।






