सवारी दुर्घटनामा हुँदा मोटरसाइकल चालकको मृत्यु

   २३ कार्तिक २०७८, मंगलवार ११:५५  

२३ कात्तिक, रौतहट । मकवानपुरमा सवारी दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीय सुशान्त पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रिमालका अनुसार हेटौँडाबाट मनहरितर्फ जादैँ गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार बिहान ६:३० बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।