हुण्डी कारोबार गर्ने एक जना पर्साबाट पक्राउ

   २३ कार्तिक २०७८, मंगलवार ११:२०  

२३ कात्तिक, रौतहट । पर्साबाट हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा बस्ने ३१ वर्षीय चन्दनकुमार साह रहेको प्रहरीले जनाएको छ । साहलाई सोमबार दिउँसो १:३० बजेतिर वीरगञ्जको घण्टाघरबाट आदर्शनगर जादै गरेको अवस्थामा हिरासतमा लिएको थियो ।

पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेका अनुसार ना।४८ प। ७६९१ नम्बरको मोटरसाइकलमा सवार साहलाई चेक जाँच गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ बरामद भएको थियो ।

अवैध रकमसहित पक्राउ परेका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।