छोरा नजन्माएको कारण श्रीमतीको हत्या

   २३ कार्तिक २०७८, मंगलवार १०:५३  

२३ कात्तिक, रौतहट । छोरा नजन्माएको कारण धनुषाको सबैला नगरपालिकामा एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छ ।

समाजिक भेदभाव गरिदैँ ‘बझिनिया’ भन्दै सबैला नगरपालिका ३ का ३५ वर्षीय लालबाबु साफीले आफ्नी ३० वर्षीया पत्नी अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

१३ वर्षअघि प्रेम विवाह गरेपनि छोरा नजन्माएको र दाईजो नदिएको भन्दैँ दम्पतीबीच निरन्तर आपसी विवाद हुँदै आएको थियो । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलका अनुसार यही कात्तिक ८ गते मदिरा सेवन गरेर साफीले घरमा सुतिरहेका पत्नीको घाँटी थिचेर हत्या गरेको मृतकका माईती पक्षले आरोप समेत लगाएका छन् ।

मृतकका माईती पक्षले दिएको जाहेरीको आधारमा आरोपी लालबाबु साफीलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिग्देलका अनुसार मृतकको शरिरभरि ढाम देखिएको र घाँटीमा समेत डाम देखिएको थियो ।